arin enterprises

जर्मनीले फ्रान्सलाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २७, बुधबार

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले फ्रान्सलाई हराएको छ । बुधबार भएको खेलमा जर्मनीले २–१ को जित निकालेको हो ।

जर्मनीको घरेलु मैदान सिंगल इड्ना पार्कमा भएको खेलको चौथो मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए ।

८७ औं मिनेटमा लिरोए सानेको गोेलवाट जर्मनीको अग्रता दोब्बर पारे । फ्रान्सका लागि एन्टोनि ग्रिजम्यानले ८९ औं मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए ।

अरु युरोपियन राष्ट्रहरु युरोकपको छनोट खेलमा व्यस्त रहेको समयमा जर्मनीले मैत्रीपुर्ण खेलहरु खेलिरहेको हो ।

सन् २०२४ युरोकपमा जर्मनी आयोजक रहेकाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलिरहेको हो ।

Categorized in स्पाेर्ट्स