arin enterprises

जर्मनी र ईंग्ल्याण्ड फाइनलमा

SamacharDesk | २०७९ श्रावण १२, बिहिबार

जर्मनी इंग्ल्यान्डमा जारी महिना युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।

जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन् । खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १–१ गोलको बराबरी गर्यो । त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाइन् ।

अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ ।

Categorized in स्पाेर्ट्स