मैत्रीपूर्ण खेलमा जर्मनी विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १२, आइतबार

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको छ ।
शनिबार भएको खेलमा जर्मनीले पेरुलाई २–० गोलले हराएको हो । जर्मनीको जितमा दुवै गोल निक्लस फुलक्रगले गरे ।
खेलको १२ औं मिनेटमा निक्लसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३३ औं मिनेटमा निक्लसले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनी दोब्बर अग्रताले अघि रह्यो ।
यहि अग्रतालाई अन्तिम सम्म जोगाइ जर्मनी २–० ले विजयी भयो ।
Categorized in स्पाेर्ट्स