arin enterprises

बत्ती जाने गरेकोलाई सकारात्मक रुपमा लिन घिसिङको आग्रह

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २६, सोमबार

नेपाल विद्युत प्राधीकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विभिन्न ठाउँमा मर्मतको काम भइरहेको हुनाले बत्ती जाने बढेको बताउनुभएको छ ।

ट्वीटरमा ट्वीट गर्दै प्रवन्ध निर्देशक घिसिङले मर्मतको साथमा बाटो बढाउने क्रममा पोल सार्ने कामसमेत भइरहेकोले अचेल बत्ती जाने गरेको बताउनुभएको छ ।

ट्वीटमा घिसिङले अचेल बत्ती किन बढि जान थालेको भनी सकारात्मक रुपमा लिइदिनु हुन पनि अनुरोध गर्नुभएको छ ।

‘ट्वीटरमा धेरै जनताहरुले लोडसेडिङ हुन लागिसकेको छ, बत्ती धेरै जान्छ, लाइन काटेको काटै गर्छ जस्तो धेरैं कुराहरु राख्नुभएको छ । त्यस्तो किन हुँदैछ त नि भनेर सकारात्मक रुपमा लिइदिनुहोस्’ घिसिङले ट्वीटमा लेखेका छन् । 

Categorized in राष्ट्रिय