arin enterprises

सुनको मूल्य वर्षकै उच्च

SamacharDesk | २०७९ माघ ९, सोमबार

नेपाली बजारमा आज सुन मूल्यमा यो वर्षकै उच्च मुल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख ५ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत वर्ष फागुन २५ गते सुनको मूल्य हालसम्मकै उच्च आजकै मूल्य विन्दुमा पुगेको थियो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

हिजो स्थिर मूल्य रहँदै १ लाख ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Categorized in बिजनेस