सुनको मूल्यले बनायो नयाँ रेकर्ड
SamacharDesk | २०८० फाल्गुण २२, मंगलबार

सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
मंगलबार प्रति तोला २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार पुगेको छ । गत पुस १२ गते सुनको मूल्य प्रतितोला १ लाख २२ हजारसम्म पुगेर घट्दो क्रममा रहेको थियो ।
तर आइतबार पुनः उकालो लागेर सोमबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रूपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Categorized in बिजनेस