नौ किलो अवैध सुनसहित क्यानेडियन नागरिक पक्राउ
SamacharDesk | २०७९ माघ १९, बिहिबार

गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् ।
उनका साथबाट करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरको नौ किलो १३५ ग्राम काँचो सुन फेला परेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् यूएइको दुबईबाट सुन लिएर नेपाल आएका ३५ वर्षीय क्यानेडियन नागरिक मोहम्मद कमल माहगौबलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
हिजो राती र फ्लाई दुबइको उडानबाट नेपाल आएका मोहम्मदलाई राती १२ बजे पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
प्लास्टिकमा प्याक गरी बोकेको अर्ध तरल अवस्थाको सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ । यो मूल्य अनुसार बरामद गरिएको सुनको मूल्य करिब ८ करोड ३२ लाख पर्न आउँछ ।
Categorized in अपराध