एकदिवसीय विश्वकपमा पकिस्तानको सुखद सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १९, शुक्रबार

आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले सुखल सुरुवात गरेको छ । शुक्रबार नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले विश्वकपमा सुखद सुरुवात गरेको हो ।
पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २ सय ५ रनमा अलआउट भयो ।
राजीब गान्धी स्टेडियमा भएको खेलमा नेदरल्याण्डस्को लागि बास डी लिडेले ६७ रन र बिक्रमजीत सिंहले ५२ रन बनाउँदै अर्धशतकीय पारि खेले ।
लोगान भान विकले अविजित २८ रन बनाए । कालिन एकरमेनले १७ र साबिक जुल्फिकारले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पाकिस्तानका हरिस राफले सर्वाधिक ३, हसन अलीले २ तथा राहिन खान अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र शादाब खानले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिंग गरेको पाकिस्तानले ४९ ओभरमा २ सय ८६ रनमा अलआउट भएको थियो ।
मोहमद रिजवान र सउद शकीलले समान ६८ रन बनाएको इनिङ्समा मोहमद नवाजले ३९ र शादाब खानले ३२ रन बनाएको थिए ।
हरिस राफले १६, इमाम अल हकले १५, साहिन साह अफ्रिदीले नटआउट १३, फकर जमानले १२, इफ्तिकर अहमद ९, बाबर आजमले ५ रनको योगदान दिए ।
नेदरल्याण्ड्समा बास डी लिडले सर्वाधिक ४ तथा कालिन एकरमेनले २ विकेट हात पारेका थिए ।
आर्यन दत्त, लोगान वेन बिक, पाल वेन मिकेरेनले समान एक एक विकेट हात पारे ।
यो जितसँगै पाकिस्तानले २ अंक बटुलेको छ ।
Categorized in स्पाेर्ट्स