arin enterprises

एन्ड्रोइड बग बाउन्टी कार्यक्रम गर्दै गुगल

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १०, बुधबार

गुगलले एन्ड्रोइड बग बाउन्टी कार्यक्रम घोषणा गरेको छ । गुगलले एक ब्लग पोस्ट गर्दै यो ‘मोबाइल भल्नराबिलिटि रिवार्ड प्रोग्राम’ अर्थात मोबाइलको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई पुरस्कृत गर्ने विषयमा जानकारी दिएको हो ।

एन्ड्रोइड एपमा भएका सुरक्षा कमजोरी पत्ता लगाउने बग हन्टर (सुरक्षा कमजोरी पत्ता लगाउने व्यक्ति) ले पाउने बग बाउन्टी ५०० डलरबाट सुरु हुने कम्पनी जनाएको छ ।

यस्तै प्राथमिकतामा रहेका एपमा भएका बग पत्ता लगाउनेको हकमा भने २० हजार डलर देखि ३० डलरसम्मको बाउन्टी तोकिएको छ ।

यो कार्यक्रम अन्तर्गत फर्स्ट ह्यान्ड अर्थात् एन्ड्रोइड फोनमा पहिले देखि नै इन्स्टल भएका एन्ड्रोइड एपको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई प्राथमिकता दिइनेछ ।

यसमा एजीएसए, गुगल क्रोम, गुगल क्लाउड, जीमेल र क्रोम रिमोट डेस्कटप लगायतका एपहरु छन् ।

साथै गुगल एलएलसी, डेभलप विथ गुगल, रिसर्च एट गुगल, रेड हट ल्याब्स, गुगल स्याम्पल्स, फिटबिट एलएलसी, नेस्ट ल्याब्स इन्क, वेमो एलएलसी, वेज लगायतका डेभलपरले तयार गरेको एपहरू पनि यो बग बाउन्टी कार्यक्रमको प्राथमिकतामा रहेको छ ।

Categorized in विज्ञान-प्रविधी
SKIP THIS maharjan complex bumper adv