हात उठायो ग्राण्डी अस्पतालले
SamacharDesk – बिराज | २०७८ बैशाख २९, बुधबार

धापासीस्थित ग्राण्डी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ ।
सरकारले दैनिक एक सय सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन असर्मथ भएको बताएको हो ।
एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसार आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।
आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने अस्पतालद्धारा जारी सूचनामा उल्लेख छ ।
Categorized in समाज