arin enterprises

यूएईमाथि नेपालको शानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १, बुधबार

त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा मात्र ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए ।

उनीसँगै साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाएको नेपालको इनिङ्समा कुशल मल्ल ११ रनमा आउट भएका थिए ।

यूएईका अल नासिर र निलांश केसवानीले समान एक–एक विकेट हात पारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय पारि खेलेका थिए । अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए ।

अन्य खेलाडीहरुले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए ।

गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक–एक विकेट हात पारे ।

टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप आयोजना गरेको सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् ।

नेपालले सिरिजको दोस्रो खेलमा भोलि बिहीबार हङकङसँग खेल्नेछ ।

Categorized in स्पाेर्ट्स