arin enterprises

ग्रिजम्यानको नयाँ रेकर्ड

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २६, बिहिबार

फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले आफ्नो एक नयाँ रेकर्ड बनाए । ग्रिजम्यानले बुधबार स्पेनिस सुपरकपमा रियल म्याड्रिडविरुद्ध गोल गर्दै फुटबल करियरको बेग्लै इतिहास रचे ।

उनले रियलविरुद्ध गरेको गोलसँगै क्लबका सर्वाधिक गोलकर्ताको रुपमा इतिहास बनाए ।

गत सिजन मात्र बार्सिलोनाबाट एथ्लेटिको म्याड्रिडमा गएका उनले क्लबका लागि आफ्नो १७४ औं गोल पूरा गरे ।

यसअघि क्लबका लिजेण्डरी लुइस अरागोनेसले १७३ गोल गरेका थिए । ग्रिजम्यानले उनलको रेहर्ड तोडेका हुन् ।

फ्रान्सका लागि सन् २०१८ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले क्लबका लागि पनि धेरै खेलमा जित दिलाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । 

Categorized in स्पाेर्ट्स