गुह्येश्वरी शक्ति पीठ नेपाल मण्डलको केन्द्रबिन्दु !
SamacharDesk – बद्रि नाथ कायस्थ | २०८० जेठ १५, सोमबार

गुह्येश्वरी शक्ति पीठ नेपाल मण्डलको केन्द्र बिन्दु भनि बालककाल देखिनै सुनिआएको कुरा हो । त्यस्तै गुह्येश्वरी शक्ति पीठ लाई नेपालपीठ भनेको पनि सुनि आएको कुरा नै हो ।
यो कुरा गुह्येश्वरी शक्ति लाई नेपाल मण्डलको केन्द्र बिन्दु मा राखेर हेर्दा प्रष्ट हुन आउंछ ।त्यसोत गुह्येश्वरी शक्ति पीठ को माहात्म्य को बारेमा पूर्ण रुपमा कसैले पनि बर्णन गर्न सक्तैनन् भनेर शास्त्रमा नै उल्लेख भएको छ । त्यस्कारण यस बिषयमा सानो रुपमा मात्र अध्ययन गर्न खोजिएको छ जस्को आज यहॉ चर्चामा ल्याउन खोजिरहेको छु ।
कारण यस्को जानकारी बाट नेपाल मण्डलमा परापूर्ब काल देखि आजसम्म बसोबास गरी आएको स्थानीय वासीहरु लाई यस्को उपयोगीता बारेमा पूर्ण जानकारी होस ।
नेपाल मण्डलमा चारैतिर आआफ्नु स्वस्थानमा देवीहरु को शक्ति पीठहरु हाम्रो पुर्खाहरु ले शक्ति को श्रोत र कुलदेवता को रुपमा स्थापना गरी /गराई , त्यहॉ आबश्यक शक्ति पूजाहरु भइआएको पाईन्छ ।
यसरी नेपाल मण्डलमा गुह्येश्वरी शक्ति पीठ लाई केन्द्र बिन्दु मा राखेर यी स्थानीय देवीहरु को शक्ति पीठहरु मा भब्य रुपमा शक्ति पूजाहरु भइ जात्रा समेत गरी शक्ति प्राप्त भइआएको देखिन्छ ।
यसरी परापूर्ब काल देखि स्थानीय वासीहरु ले भब्यता का साथ मनाईआएको यस्तो महत्वपूर्ण कुराको कुनै ईतिहासमा उल्लेख सम्म पनि भएको देखिंदैन , माहात्म्य बारेमा लेख्ने त कुरै आएन ।ईतिहासमा यस्बारेमा लिच्छवि कालमा र मल्ल कालको मध्य सम्म पनि कहीं केही उल्लेख सम्म पनि नभएको देख्दा अध्ययन कर्ता को हिसाबले हेर्दा यी समयहरु मा यस गुह्येश्वरीको महिमा को बारेमा वास्ता नगरेको मात्र नभइ यस्को अस्तित्व नै मिटाउन खोजेको जस्तो पनि भान हुन्छ ।
यस नेपाल मण्डलमा गुह्येश्वरी शक्ति पीठ लाई केन्द्र बिन्दुमा राखि स्थापित चार कालीहरु ज्वलंकाली ,सिकाली मसानकाली अबस्थित छन् ।
त्यस्तै गुह्येश्वरी शक्ति पीठ लाई केन्द्र बिन्दु मा राखि पूर्बमा बनेपाको चण्डेश्वरी शक्ति पीठ, दक्षिणमा फर्पिंग को झंकेश्लरी शक्ति पीठ, पश्चिम मा टोखा को चण्डीश्वरी शक्ति पीठ र उत्तर मा चॉगु को छिन्नमस्ता शक्ति पीठ अबस्थित छन् ।
त्यस्तै नालाको उग्रतारा , फर्पिंग को खड्गयोगिनी , र सॉखु को बज्रयोगिनी शक्ति पीठहरु पनि अबस्थित छन् । यसरी गुह्येश्वरी शक्ति पीठ लाई केन्द्रबिन्दुमा राखि नेपालमण्डल को चारै दिशामा अबस्थित शक्ति पीठहरु क्रमबद्ध रूप मा राखेर हेर्दा यस्को महत्व छर्लंग हुन आएको छ ।
यी सबैको आआफ्नु महत्वपूर्ण कहानीहरु र बिशेषता देखिन्छ जुन बिस्तार बिस्तार चर्चामा ल्याउने नै छु ।
१.. यसरी नेपाल मण्डलमा गुह्येश्वरी शक्ति पीठ लाई केन्द्र बिन्दु मा राखेर हेर्दा चारै दिशाहरुमा यस्तो देखिन्छ ।
१.१. पूर्व दिशामा बनेपाको चण्डेश्वरी शक्ति पीठ रहेको छ ।
१.२. दक्षिण–पूर्व दिशामा फुल्चोकि संग सम्बन्धित ज्वलंकाली शक्ति पीठ रहेको छ ।
१.३. दक्षिण दिशामा फर्पिंगमा अबस्थित झंकेश्वरी शक्ति पीठ रहेको छ ।
१.४. दक्षिण पश्चिम दिशामा चम्पागिरी संग सम्बन्धित सिकाली शक्ति पीठ रहेको छ ।
१.५. पश्चिम दिशामा नागार्जुन बन संग सम्बन्धित मसानकाली शक्ति पीठ रहेको छ ।
१.६. उत्तर पश्चिम दिशामा टोखामा अबस्थित चण्डीश्वरी शक्ति पीठ रहेको छ ।
१.७. उत्तर दिशामा सॉखुमा अबस्थित बज्रयोगिनी ( तारा ) रहेको छ ।
१.८. उत्तर पूर्व दिशामा चॉगु मा अबस्थित छिन्नमस्ता शक्ति पीठ लाई लिईन्छ ।
२.. नेपाल मण्डलमा चारैतिर यी शक्ति पीठहरु शान्ति सुरक्षा को लागि स्थापित भएको मान्यता छ ।
२.१. बनेपाको चण्डेश्वरी शक्ति पीठ पूर्व दिशाको सुरक्षा को लागि अबस्थित छन् ।
२.२. ज्वलंकाली शक्ति पीठ दक्षिण पूर्व दिशाको सुरक्षा को लागि अबस्थित छन् ।
२.३. झंकेश्वरी शक्ति पीठ दक्षिण दिशाको सुरक्षा को लागि अबस्थित छन् ।
२.४. सिकाली शक्ति पीठ दक्षिण पश्चिम दिशाको सुरक्षा को लागि अबस्थित छन् ।
२.५.मसानकाली शक्ति पीठ पश्चिम दिशा को सुरक्षा को लागि अबस्थित छन् ।
२.६. चण्डीश्वरी शक्ति पीठ उत्तर पश्चिम दिशाको सुरक्षा को लागि अबस्थित छन् ।
२.७. बज्रयोगिनी ( तारा शक्ति पीठ ) उत्तर दिशाको सुरक्षा को लागि अबस्थित छन् ।
२.८. छिन्नमस्ता शक्ति पीठ उत्तर पूर्व दिशाको सुरक्षा को लागि अबस्थित छन् ।
३.. यी शक्ति पीठहरु मा भब्य रुपमा शक्ति पूजाहरु भइ जात्रा गरी त्यहॉका स्थानीय वासीहरु ले शक्ति प्राप्त गरी आएको जनबिश्वास छ । यीनीहरु सबैको आआफ्नु बिशेषता भएता पनि यी कुराहरु मा समानता पाईन्छ ।
३.१. यी शक्ति पीठहरु सबै आआफ्नु क्षेत्र को कुलदेवता को रुपमा मानीआएको पाईन्छ ।
३.२. यी सबै शक्ति पीठहरु मा परापूर्ब काल देखि शक्ति पूजाहरु भइआएको पाईन्छ ।
३.३. यी सबै शक्ति पीठहरु मा समाजको सबै सदस्यहरु को सहभागिता मा जात्राहरु पनि भइआएको पाईन्छ ।
३.४. यी सबै क्षेत्रहरुमा देवाली ( देगुद्यः ) पूजाहरु भइआएको पाईन्छ ।
३.५. यी सबै शक्ति पीठहरु मा मोहनी नखः मा मोहनी पूजा भएको पाईन्छ ।
३.६. यी सबै क्षेत्रहरुमा आगंछें मा आगंद्य राख्ने प्रचलन भएको पाईन्छ ।
३.७. यी सबै शक्ति पीठहरु को द्योछें रहेको पाईन्छ ।
३.८. यी सबै क्षेत्रहरुमा श्री स्वस्थानी परमेश्वरी ब्रतकथा को पूजा गर्न स्वस्थानमा शक्ति पीठहरु स्थापना भएको पाईन्छ ।
यसरी श्री गुह्येश्वरी शक्ति पीठ लाई केन्द्र बिन्दु मा राखेर नेपाल मण्डलमा रहेका सबै स्थानीय वासीहरु को लागि वहॉहरु को आआफ्नै क्षेत्रमा स्थानीय रुपमा नेपाल मण्डलको चारैतिर चारै दिशामा शक्ति पीठहरु स्थापित छन् जुन वहॉहरु को शक्ति को श्रोत हो जस्लाइ कुलदेवता को रुपमा पनि मानीआएको छ ।
Categorized in विचार