पोखरामा सात दिने अभिनय कार्यशाला सम्पन्न
SamacharDesk – विजयरत्न | २०८३ बैशाख २४, बिहिबार
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा पोखरामासात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।
जिफानले चलचित्र विकास बोर्डको सहकार्यमा बैशाख १६ देखि २२ सम्म उक्त कार्यशाला सम्पन्न भएको हो ।
एक औपचारिक कार्यक्रम गरी कार्यशालाका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कलाकार माओत्से गुरुङ, जिफानका सल्लाहकार कृष्णकुमार गुरुङ तथा चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष सन्तोष वस्यालको उपस्थिति रहेको थियो ।
कार्यशालामा वरिष्ठ रंगकर्मी साथै अभिनय प्रशिक्षक अनुप बरालले प्रशिक्षण दिएका थिए ।
कार्यशालामा अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली तथा क्यामेरा अगाडि कलाकारले अपनाउनुपर्ने व्यावहारिक सीपहरूबारे प्रशिक्षण दिइएको थियो ।
कार्यशालाले गुरुङ चलचित्र क्षेत्रका कलाकारहरूमा अभिनयप्रतिको आत्मविश्वास, व्यावसायिक सोच तथा सिर्जनात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन् ।
Categorized in पेजथ्री




