रुपन्देहीमा एउटै पसलबाट ४ किलो सुनचाँदी चोरी
SamacharDesk | २०७९ बैशाख १४, बुधबार

रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट मंगलबार बिहान करिब ३ बजेतिर साढे चारकिलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको छ ।
एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बुटवल चोरीको विरोधमा सबै सुनचाँदी पसल बन्द गरिएको छ ।
उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै श्रृङ्खलाबद्ध चोरीका घटना हुँदा पनि प्रशासनले चोर पक्रिने र सुनचाँदी फिर्ता गर्न नसकेको भन्दै सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले दुःखेसो पोख्नुभयो ।
उहाँका अनुसार रुपन्देहीमा दुई महिनाको अवधिमा चारवटा पसलमा ठूलो मात्रामा सुनचाँदी चोरी हुनु दुःखद रहेको भन्दै व्यावसायिक वातावरण बन्न नसेकेकोमा चिन्ता जनाउनुभयो ।
लुटेराले पसलमा अक्सिजन ग्याससहित वेल्डिङ्ग मेसिन प्रयोग गरेर पसल फोरेको पसलका मालिकले बताउनुभएको छ । उहाँका अनुसार चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएको छ ।
रुपन्देहीमा पछिल्लो दुई महिनाभित्र तिलोत्तमा, भलवारीमा रहेको पर्वत महेश्वर सुनचाँदी पसल, चैत्र १७ गते रानीबगिया सैनामैनाको बाग्लुङ शान्तिपुरे सुनचाँदी पसल, चैत्र २९ गते बुद्धनगर सुनचाँदी पसल, वैसाख १३ गते कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको छ ।
Categorized in समाज