कृषि शिक्षामा मुख्यमन्त्री जम्मरकट्टेलको जोड
SamacharDesk – बिराज | २०७९ फाल्गुण ८, सोमबार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टले नेपालको प्रमुख पेशाको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि कृषि विषयलाई पाठ्यक्रममा समावेश गरेर पठनपाठन हुन आवश्यक रहेको बताएका छन् ।
ज्ञानोदय माध्यमिक विद्यालयको बिदाई, सम्मान तथा आईसीटी ल्याब उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मरकट्टेलले ज्ञानोदयलाई धादिङमा कृषि विद्यालय संचालन गर्न आग्रह गरे ।
सोको लागि आफूले चाहिने सहयोग गर्ने प्रतिवद्धतासमेत जम्मरकट्टेलले व्यक्त गरे ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले विद्यार्थीहरुलाई विद्यालयमा मात्र नभई जीवनमा नै अनुशासित भएर लाग्नुपर्ने विचार राखे ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीं जीवन चुनौतिपूर्ण हुने बताउँदै स्नातक तह पछि मात्र जीवनको वास्तविक परिक्षा सुरु हुने बताइन् ।
कार्यक्रममा केन्द्रीय शिक्षक संघका सदस्य सुन्दर पन्त, अखिल नेपाल शिक्षक संघका अध्यक्ष शंकर अधिकारी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, कामपा १३ वडा सदस्य रामबाबु कोइराला, कामपा शिक्षा विभागका प्रमुख राम प्रसाद सुवेदी, समाजसेवी सुमन सायमी, यशोधरा छात्रवृत्तिका दाता यशोधरा पन्त लगायतले आआफ्ना विचार राखेका थिए ।
सोही कार्यक्रममा विद्यालयका शिक्षिकाहरुलाई सम्मान गरिएको थियो भने २०७६, ७७ र ७८ सालमा +२ कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई यशोधरा छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा ज्ञानोदयको स्मारिका ज्ञानोदय हेराल्डको पनि विमोचन गरिएको थियो ।
Categorized in समाज