arin enterprises

हेइटीको एक कारागारबाट कैदी बन्दीहरु भगाइयो

SamacharDesk | २०८० फाल्गुण २१, सोमबार

क्यारेबियन मुलुक हेइटीको एक कारागारमा सशस्त्र बिद्रोहीले आक्रमण गरी हजारौं कैदी बन्दीलाई भगाएका छन् ।

राजधानी पोर्ट ओ प्रिन्सको मुख्य कारागारमा राखिएका ४ हजार कैदीमध्ये अधिकांशलाई भगाईएको छ । सोही कारागारमा रहेका कैदी मध्ये सन् २०२१ मा हेइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्यामा संलग्न गिरोहका सदस्यहरु पनि रहेका छन् ।

ती गिरोहका ९९ जना भने सशस्त्र समुहको निशानामा पर्ने डरले कारागारकै एक कक्षमा लुकेको बीबीसीले उल्लेख गरेको छ । हेइटीमा हालैका बर्षहरुमा आतंककारी हमलासंगै हिंसा बढेको छ ।

सशस्त्र गिरोहका नेता जि चेरिजियरले प्रान्तीय शहरमा सशस्त्र समुहरु एकजुट भएको जानकारी दिंदै प्रधानमन्त्री एरियल हेनरीलाई सत्ताच्युट गर्नका लागि देशमा बिद्रोह मच्चाउने चेतावनी दिएको छ ।

यसअघि सोही समुहले हेइटीको प्रहरी चौकीमा आक्रमण गरी चारजना प्रहरीको हत्या गरेको थियो । हेइटीमा  हिंसा बढेपछी हजारौं सर्वसाधारण पलायन भएका छन् ।

यसैबीच हेइटीस्थित फ्रान्सेली दुताबासले एक बिज्ञप्ती जारी गरी आफना देशका नागरिकहरुलाई राजधानी वरपर घुम्न नजान अपील गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय