अनामनगरमा हाम्राे टिम नेपालकाे टहरा महानगरपालिकाले हटायो
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आषाढ १४, सोमबार

अनामनगरको पूर्वी गेट अगाडि बनाइएको ‘हाम्रो टिम नेपाल’ समूहको टहरा काठमाडौं महानगरपालिकाले हटाएको छ ।
काठमाडौं महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा कब्जा गरी बनाइएको भन्दै टहरा हटाइएको हो ।
करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहले त्यहाँ टहरा बनाएर विभिन्न गतिविधि चलाउँदै आएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताउनुभयो ।
‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ । काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ’ ज्ञवालीले बताउनुभयो ।
समूहको अभियानप्रति कुनै विमती नरहेको तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माणमा अवरोध गर्नु उचित नभएको महानगरका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाको भनाई रहेको छ ।
टहरा हटाउने सिलिसिलामा केही झडपसमेत भएको थियो भने अवरोध गर्ने केही पक्राउ परेका छन् ।
Categorized in स्थानीय