arin enterprises

हेलिकप्टर दुर्घटनामा एकको मृत्यु

SamacharDesk | २०८० बैशाख २२, शुक्रबार

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जनाएको छ । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीको काम गर्दै आएका थिए ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्दार गरेर काठमाडौं ल्याइदै छ ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा अवतरणको क्रममा आज शुक्रबार दिउँसो १:२० बजे दुर्घटना भएको हो ।

हेलिकोप्टरमा पाइलट पौडेलसहित टिम मेम्बर छिरिङ भोटे, स्थानीय भविन गुरुङ र विक्रम ९थर नखुलेको० स्थानीय सवार थिए ।

भोटे र विक्रमले हेलिकोप्टरबाट हाम्फालेर ज्यान जोगाएको गुरुङले जानकारी दिए ।  उनीहरुलाई सामान्य चोटपटक लागेको छ । घाइतेहरुलाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

घाइते विक्रम शंकरलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगे पनि त्यहाँ उपचार हुन नसकेपछि हेलिकोप्टरबाटै काठमाडौं ल्याइएको हो । दुर्घटनाको कारणबारे केही बताइएको छैन ।

हेलिकोप्टर अवतरणको क्रममा पङ्खा पहाडीको भीरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Categorized in समाज