arin enterprises

हर्नान्डेज पीएसजीमा अनुबन्धीत

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २५, सोमबार

हर्नान्डेज पीएसजीमा अनुबन्धीत फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लुकास हर्नान्डेजलाई अनुबन्ध गरेको छ ।

बायर्न म्युनिखका डिफेन्डर २७ वर्षीय हर्नान्डेजलाई पीएसजीले ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । । उनले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन् ।

पीएसजीमा अनुबन्धन भएपछि उनी निकै उत्साहीत रहेको बताए ।

सन् २०१९–२० घरेलु लिग र कप डबल जित्दै उनले पीएसजीलाई हराउँदै बार्यनलाई च्याम्पियन्स लिगको उपाधि दिलाई ट्रेबल उपाधि जितेका थिए ।

बुन्डेसलिगा च्याम्पियन हर्नान्डेजले बायर्नका लागि १०७ खेलमा उत्रिएका थिए ।

सन् २०१८ को विश्वकप फ्रान्सलाई जिताउन उनले विशेष भुमिका निर्वाह गरेका थिए । चोटका कारण उनले सन् २०२२ को विश्वकपमा चोट बोकेपछि टिमबाट बाहिरिएका थिए ।

Categorized in स्पाेर्ट्स