हिताचीको नयाँ सामग्री बजारमा
SamacharDesk | २०८० श्रावण ११, बिहिबार

हिताची कम्पनीले चारवटा थप नयाँ होम अपलायन्सका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।
नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रो कम प्रा.लिले उक्त सामग्रीहरु नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनिले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधियुक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिजर राइस कुकर सहितचार वटा नयाँ िहताचीका उत्पादनहरू बजारमा भित्राएको छ ।
हिताची वासिंग मेसिन नयाँ अनावरणको मुख्यआकर्षण रहेको छ । यसमा प्रयोगकर्ता–मैत्री डिजाइन को साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको छ ।
यस वासिंग मेसिन दुई ओटा भिन्न मोडलहरुमा उपलब्ध हुने छन् । जसमा ८ केजीको क्षमता द्यम्–डण्द्दज्ख्इक् मा रहेको छ भने ९ केजीको क्षमता BD–904HV0S मा रहेको छ ।
यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ जसले गर्दा झन्झटमुक्त लुगा धुने सुविधायुक्र रहेको छ ।
यस अलावा स्टीम फंक्शन, ट्याङ्गल–फ्रीफिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वाश” सुविधाको साथ, लुगाधुन अझै सजिलो हुने कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले सार्वजनिक गरेको अर्काे सामग्री हो हिताची डबल–डोर फ्रिज जसले खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ ।
त्यस्तै हिताचीले थ्रीडी हिटिङ एलेमेन्ट सहितको राइस कुकर रहेको छ । उक्त कुकर १२ घण्टा सम्म खाना रहने कम्पनीले जनाएको छ ।
Categorized in बिजनेस