arin enterprises

कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको होन्डा नेपालको प्रष्टिकरण

SamacharDesk – बिराज | २०७८ श्रावण ७, बिहिबार

होन्डा नेपालले आफुहरुले नेपालमा कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको स्पष्ट पारेको छ ।

फेसबुक मेसेन्जरमा 'Honda 70th Anniversary' स्क्यामले आतंक मच्चाएपछि होन्डा नेपालले सामाजिक संजालमार्फत संक्षिप्त विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो ।

हिजै मात्र फेसबुक मेसेन्जरमा होन्डाको ७० औं वार्षिकोत्सवमा स्कुटर जित्ने मौका भन्दै एउटा लिंक भाइरल नै बनेको थियो ।

नेपालको लागि होन्डाको आधिकारिक विक्रेता स्याकारले स्कुटर जित्ने लोभमा स्क्यामले सामाजिक संजाल प्रयोगकर्ताको व्यक्तिगत जानकारी संकलन गरिरहेको जनाएको छ ।

कुनै पनि हालतमा उक्त स्क्याममा संलग्न नहुन र आफ्नो कुनै पनि जानकारी नदिन पनि सामाजिक संजाल प्रयोग कर्ताहरुलाई होन्डा नेपालले आग्रह गरेको छ ।

उक्त स्क्यामलाई फेसबुकमा रिपोर्ट पनि गरिसकेको होन्डा नेपालले जनाएको छ ।

Categorized in बिजनेस