स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
SamacharDesk | २०८१ भाद्र ६, बिहिबार

राष्ट्रिय आविष्कार केन्द्रलाई स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपकरण मर्मतको जिम्मा दिएको छ ।
हिजो एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा एक सम्झौतापत्रमा मर्मत सम्भारका लागि हस्ताक्षर भएको छ ।
सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले केन्द्रसँग सम्झौता गरेको बताउनु भयो ।
सिमित श्रोत, साधनका कारण आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।
केन्द्रका अध्यक्ष महावीर पुनले सरकार अन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था बुझेर मर्मत गर्न सकिनेलाई मर्मत गर्ने बताउनु भयो ।
हाल विभिन्न १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरण मर्मतका लागि केन्द्रलाई जिम्मा दिइएको हो ।
Categorized in राष्ट्रिय