आयोजक अष्ट्रेलिया विश्वकपको क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २२, सोमबार

महिला विश्वकपको २०२३ को आयोजक अष्ट्रेलिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार स्टेडियम अष्ट्रेलियामा भएको नकआउट चरणको खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा तय गरेको हो ।
केटलिन फुर्डले खेलको २९औं मिनेटमा केटलिन फुर्डले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् ।
७१औं मिनेटमा हेले रासोले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए ।
यो जितसँगै अष्ट्रेलिया आठ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
पछिल्लो पटक सन् २०१५मा क्यानडामा भएको सातौं संस्करणको विश्वकपमा अष्ट्रेलिया क्वाटरफाइनल पुगेको थियो ।
पछिल्लो पटक सन् २०१९ मा संस्करणमा अष्ट्रेलिया प्रि–क्वाटरफाइनलवाट अघि बढ्न सकेको थिएन ।
अब अष्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरोक्कोबीचको विजेतासँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स