arin enterprises

'स्वरोजगारीको अवसर श्रृजान गर्ने छु'

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २६, सोमबार

 स्थानीय निर्वाचनको क्रममा ललितपुर महानगरपालिका वडा १९ मा वडाअध्यक्षका लागि विनोद ताम्रकारले उम्मेदवारी दिएका छन् ।

स्थानीय निर्वाचन २०७४ मा निर्वाचित वडाअध्यक्ष ताम्रकारले लपुमपा १९ वडाको अध्यक्ष पदका फेरी पनि उम्मेदवारी दिएका हुन् । त्यो बेला नेकपा (एमाले) बाट निर्वाचित भएका ताम्रकारले यस पालि भने स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

यसपालि उनको चुनाव चिन्ह पुतली रहेको छ । आफु वडाध्यक्षमा जितेपछि वडामा स्वरोजगारीको वातावरण बनाउन स्वरोजगारी समूहलाई विना ब्याज ५ लाख रुपैयाँसम्म ऋण दिनका लागि सहजिकरण गर्ने बताएका छन् ।

त्यस्तै युवाहरुको आत्मनिर्भरताको लागि निमित्त फोटोग्राफी र सूचना प्रविधिको तालिम संचालन गर्ने पनि उनले बताएका छन् । संस्कृति, सम्पदाको संरक्षणका लागि आफुले काम गर्ने उनले बताए ।

‘पहिलो कार्यकालमा पनि सम्पदा, संस्कृतिको संरक्षणमा काम गरेका छु । विगतमा पूरा नभएका कामहरु आगामी कार्यकालमा पूरा गर्नेछु र भइरहेका कामहरुलाई अझ व्यवस्थित बनाउनेछु’ ताम्रकारले भने ।

स्थानीय भाषालाई प्रोत्साहन गर्ने र वडाबासीको शिक्षा, स्वास्थ्यमा सहज पहुँच बनाउने, ढल निकास व्यवस्थित गर्ने, फोहर मैलाको व्यवस्थापन लागयतका योजना उनले सार्वजनिक गरेका छन् ।

Categorized in स्थानीय