arin enterprises

आइसिसी विश्वकपको सेमिफाइनल समीकरण पुरा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २६, आइतबार

भारतमा आयोजित आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार इंग्ल्यान्डसँग ९३ रनले पराजित भएपछि सेमिफाइनल खेल्ने ४ टोलीको टुंगो लागेको हो ।

पाकिस्तानको हारसँगै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने अन्तिम टोली बन्यो । पाकिस्तानले सबै ९ खेल खेल्दा ८ अंक जोड्डै पाँचौ स्थानमा सिमित रहँदै विश्वकपवाट बाहिरियो  ।

यस्तै साविक विजेता इंग्ल्यान्डले भने ९ खेलमा जम्मा ६ अंक जोड्डै तालिकाको सातौं स्थानमा सिमित रहँदै विश्वकप यात्रा टुंगाएको छ ।

यसअघि आयोजय भारत, साउथ अफ्रिका र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाइ सकेको छ ।

अब सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको न्युजिल्यान्ड भिड्दा अर्को सेमिफाइनलमा दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अष्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल खेल १५ र १६ नोभेम्बरमा हुने छ ।

यस्तै फाइनल खेल १९ नोभेम्बरको दिन गुजरातमा हुनेछ ।

यी चार टोली मध्य साउथ अफ्रिका र न्युजिल्याण्डले हालसम्म विश्वकप जितेको छैन । यता भारतले भने २ पटक र अष्ट्रेलियाले ५ पटक जिति सकेको छ ।

Categorized in स्पाेर्ट्स