arin enterprises

इमरान खानमाथि प्रहरी अनुसन्धान

SamacharDesk | २०७९ भाद्र ६, सोमबार

गत शनिबार एक पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एक आमसभामा प्रहरी प्रमुख र एक महिला न्यायाधीशको चर्काे आलोचना गरेका थिए । 

सोही विवादास्पद अभिव्यक्तिका कारण खानमाथि त्यहाँको प्रहरी प्रशासनले अनुसन्धान शुरु गरेको छ । खानले इस्लामावादका प्रहरी प्रमुख र एक जना महिला न्यायाधीशमाथि आफ्ना सहयोगीलाई हिरासतमा राखेर यातना दिईएको भन्दै त्यसको परिणामका लागि पर्खेर बस्न चेतावनी समेत दिनुभएको थियो ।

सोही भाषणका आधारमा खानले आतंकवाद विरोधी कानुनको उल्लंघन गरेको आरोप लगाएर छानविन थालेको बताइएको छ । छानविनको खबरसंगै खानका समर्थकहरु उहाँको घर अगाडि भेला भएर पक्राउन गरिए सत्ता पलट गरिदिने चेतावनी दिएका छन् ।

गत चैतमा संसदमा बहुमत गुमाएर हटेलगत्तै उहाँले सेना र सरकारको कडा आलोचना गर्दै आउनु भएको छ ।

खानले आफ्ना निकट सहयोगीलाई यातना दिएको आरोप लगाउँदै आउनु भएको छ । खानको पार्टीले हिजो रावलपिण्डी र अन्य शहरहरुमा गर्ने भनिएको प्रदर्शन र सभालाई प्रतिबन्ध लगाइएको थियो भने कुनै पनि मिडियालाई खानका भाषणहरुको प्रत्यक्ष प्रसारण गर्न पनि बन्देज लगाइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय