इमरान खानलाई तत्काल रिहा गर्न सर्वाेच्चको आदेश
SamacharDesk | २०८० बैशाख २९, शुक्रबार
पाकिस्तानको सर्वाेच्च अदालतले भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु भएका इमरान खानलाई नाटककीय गिरफ्तारीको संज्ञा दिंदै तत्काल रिहा गर्न आदेश दिएको छ ।
खानलाई हिजो सर्वोच्च अदालतमा पेस गरिंदा उहाँका वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट उहाँको गिरफ्तारी गैरकानूनी भएको तर्क गरेका थिए ।
खानको गिरफ्तारीपछि पाकिस्तानभर हिंसा भड्किँदा कम्तिमा १० जनाको मृत्यु भइसकेको छ भने २ हजार भन्दा बढी गिरफ्तारीमा परेका छन् । गत मंगलबार खानलाई गिरप्mतारी गरेपछि उनी र सेनाबीच तनाब बढेको छ ।
गत वर्ष अप्रिलमा संसदमा अविश्वासको प्रस्ताव ल्याएर पदबाट हटाइएका खानलाई पाकिस्तानका प्रधान न्यायाधीशको आदेशमा अदालतमा उपस्थित गराइएको थियो ।
खानले आफूलाई उच्च अदालत परिसरबाट अपहरण गरिएको र लाठीले प्रहार गरेको जिकिर गरेका छन् । खानमाथि भ्रष्टाचार, पदीय दुरुपयोगलगायतका दर्जन बढी मुद्दा लगाइएको छ ।
अभियोग प्रमाणित भएको खण्डमा इमरान खान यही वर्षको अन्त्यमा हुने चुनाव लड्न अयोग्य हुनेछन् । खानलाई जिवनभर राजनीति गर्न नपाउने गरी प्रतिबन्ध लगाउने षड्यन्त्र भइरहेको उहाँको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई)ले जनाएको छ ।
खानसँगै पार्टीका शीर्ष सात जना नेताहरुलाई पक्राउ गरिएको छ ।
