इनाय टोलमा पाहाँचह्रेको रौनक
SamacharDesk – Ram Dangol | २०७९ चैत्र ४, शनिबार

नेवार समुदायहरुको ठूलो पर्व पाहाँचह्रे आउँदो चैत्र ६ गतेदेखि सुरु हुँदैछ ।
तर काठमाडौंको कंकेश्वरी मन्दिरसँगै रहेको इनाय टोलमा भने चैत्र ४ गते नै पाहाँचःर्हेको रौनक छाएको छ । यो रौनक साँच्चिकैको पाहाँचःर्हेको रौनक नभै भविष्यका कर्णधार बालबालिकालाई हाम्रो मौलिक संस्कृतिको व्यवहारिक तथा शैध्दान्तिक ज्ञान दिने उद्देश्यले आयोजना गरेको सांकेतिक रुप मात्र हो ।
जसरी यस पर्वमा काठमाडौंको टोलटोलमा स्थानीय देवीहरुको खट जात्रा गर्ने, समय्बजी खाने, पूजाआजा गर्ने भोज खाने गर्दछ । सोही पर्वको झझल्को हुने गरी आज इनाय् टोलमा पाहाँचह्रे कार्यक्रम गरियो ।
कार्यक्रममा बालबालिकाहरुले स्थानीय पहिरन लगाएर, जात्राकै अनुभूति हुने गरी रातो निलो, पहेँलो टोपी समेत लगाएर वटु भद्रकाली, टेबहालको भदकाली र कंकेश्वरीको खटको बाजागाजाका साथ धूमधामसँग जात्रा मनाएका थिए ।
उनीहरुले पाहाँचह्रे पर्व सुरुदेखि अन्तसम्म जसरी मनाइछ सोही अनुरुप स्थानीय देवीलाई गममा राख्ने, लुकुमाःद्यःको पूजा, तान्त्रिक विधिबाट पकाइएको भात मलःजा खुवाएर, टुँडिखेलमा खट जुधाएर,असनमा खट जुधाएर जात्रा सम्पन्न गरेको थियो ।
कार्यक्रम सानासाना भाइबहिनीहरु तथा विद्यार्थीहरुलाई यहाँको मौलिक कला, संस्कृतिबारे सिकाउन तथा पर्वको महत्वबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको आयोजकले बताए ।
कार्यक्रममा निकै उल्लेख्य मात्रामा जनसमुदायहरुको उपस्थिति रहेको थियो । सांसद विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा शुभारम्भ भएको कार्यक्रममा वडा नं. १९ को वडाध्यक्ष लगायत समाजका गन्यमान्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद विराजभक्त श्रेष्ठले विगत १७ वर्ष अगाडिदेखि आपूm पनि यसरी नै पाहाँचह्रोन स्वयमसेवक हुँदै आएकोले अहिले यस टोलले जुन जात्राका बारेमा अभिमुखीकरण स्वरुप कार्यक्रम सुरु गरेको छ त्यसले हाम्रो जात्रा, पर्वको महत्व के हो, प्राकृतिक महत्व के छ भन्ने जानकारी दिइयो यसबाट साह्रै खुसी लागेको बताउनुभयो ।
अहिलेका नेताहरु हाम्रो जात्रा पर्व, संस्कृति साह्रै राम्रो छ भन्नुहुन्छ तर राम्रो बनाउन त्यसलाई निरन्तरता दिनलाई भने केही काम नगर्ने दुखेसो पोख्नुभयो ।
सो अवसरमा सांसद श्रेष्ठले नेपालभाषालाई कामकाजीको भाषाको रुपमा महानगरमा मात्र सीमित नराखी प्रदेशस्तरमा पनि नेपालभाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गराउन कार्यविधि तयार भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममको प्रस्तुती विराजकाजी राजपोध्याय तथा सुरेन्द्र मानन्धरले गरेको थियो ।
Categorized in संस्कृति
