पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्घाटन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ कार्तिक ८, बिहिबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरिक्षक कुँवरले उक्त भवनको उद्घाटन पछि निरीक्षण समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गरे । नवनिर्मित छात्रावास भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा कुँवरले व्यक्त गरे ।
प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई कुँवरले निर्देशन दिए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्मा, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, साविक राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मनाथ न्यौपाने लागयतले आ–आफ्ना विचार राखेका थिए ।
साथै नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका प्राचार्य मुकुन्द कुमार गिरीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
Categorized in समाज