पश्चिम बंगालमा बलात्कारीलाई मृत्युदण्ड दिने विधयेक पास
SamacharDesk | २०८१ भाद्र १९, बुधबार

पश्चिम बंगाल विधानसभामा बलात्कार विरुद्ध पेश गरेको “अपराजित बिल” (एन्टी रेप) को सर्वसम्मतिले पास भएको छ ।
यस विधयेकमा फास्ट ट्रेक कोर्टको स्थापनाको प्रावधान रहेको छ । विधयेका अनुसार मुद्दा दर्ता भएको दिनदेखि २१ दिनभित्रमा ट्रायल पूरा हुनुपर्ने प्रावधान रहेको छ ।
एक जना चिकित्सकको बलात्कारपछि हत्या भएपछि न्यायका लागि हप्तौंसम्म विरोध प्रदर्शनपश्चात भारतीय राज्य पश्चिम बंगालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित गरेको हो ।
अगष्ट ९ तारिकमा कोलकाताको एउटा अस्प्तालमा ३१ वर्षका चिकित्सको मृत शरीर भेटिएपछि पश्चिमी बंगालमा विरोध प्रदर्शन भएको थियो ।
राज्य विधानसभाले पारित गरेको तर राष्ट्रपतिबाद अनुमोदन हुन बाँकी उक्त कानुनले महिलाविरुद्धको हिंसालाई दीर्घकालिन मुद्दाप्रति आक्रोश व्यक्त गरेका छन् । उक्त कानूनले बलात्कारीलाई १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजायँको व्यवस्था गरिएको छ ।
चिकित्सक हत्याको विरोधका कारण पश्चिम बंगालमा भएको विरोध प्रदर्शनमा सत्तारुद्ध अखिल भारतीय तृणमूल कांग्रेस र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबीच झडपको समेत सिर्जना भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय