arin enterprises

सहज जित निकाल्दै भारत शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १३, सोमबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले सहज जित निकालेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्यान्डमाथि एक सय रनले जित निकालेको हो ।

लखनौमा भएको यसखेलमा भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १ सय २९ रनमा अलआउट भयो ।

इंग्ल्यान्डका लागि लियम लिभिंगस्टोनले सर्वाधिक २७ रन बनाए । त्यस्तै डेविड विलीले अविजित १६, डेविड मलानले १६, मोइन अलीले १५, जोनी बेरिस्टोले १४ रनको जोड्डा अरु सस्तैमा समेते ।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । त्यस्तै जसप्रित बुमराहले तीन विकेट, कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको बनाए । उनले १ सय १ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै सूर्यकुमार यादवले ४९ रन बनाउँदा केएल राहुल ३९ र जसप्रित बुमराहले १६ रन बनाए ।

यता इंग्ल्यान्डका लागि डेविड विलीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै क्रिस वोक्स र आदिल राशिदले समान दुई लिँदा मार्क उडले एक विकेट लिए ।

यो जितसँगै भारत अघिल्लो चरणको नजिक पुगेको छ । भारत ६ खेलमा अपराजित रहँदै १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

यता पराजित इंग्ल्यान्ड ६ खेलमा २ अंक जोडेर तालिकाको पुच्छरमा छ ।

Categorized in स्पाेर्ट्स