भारतमा अनधिकृत रुपमा बनाएका दुई टावर भत्काइयो
SamacharDesk | २०७९ भाद्र १३, सोमबार

भारतको राजधानी नयाँदिल्ली नजिकै अनधिकृत बनाईएका सर्वाधिक अग्ला दुई टावर भत्काउन भारतीय सर्वोच्च अदालतले आदेश दिएपछि सो भवन आइतबार भत्काइयो ।
जसको चर्चा केही दिनअघि देखिनै हुँदा विश्वको ध्यान त्यतै केन्द्रित भएको थियो । भवन बनाउन दशकौं लागे पनि भत्काउँदा ९ सेकेण्डमै सो भवन धुलोमा परिणत भयो ।
यो ध्वंशका लागि तीनवटा देशका विज्ञ ईञ्जिनियरहरुको टीम खटाईएको थियो । भवन भत्काउँदा ४ रेक्टरस्केलको भूकम्पबराबरको कम्पन महसुस गरिएको थियो ।
भत्काउने क्रममा तीन विष्फोटक र तीन प्रहरीलाई मात्रै त्यसक्षेत्रमा उपस्थित हुने अनुमति दिइएको थियो । यी दुई टावर भत्काएपछि ३० हजार टन भग्नावशेष थुप्रिएको अनुमान गरिएको छ ।
भारतको राजधानी नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ४० तले ट्वीन टावर विष्फोटक पदार्थमार्फत भत्काइएको हो ।
टावर भत्काउन ३ हजार ७ सय किलो विष्फोटक पदार्थ भवनमा जडान गरिएको थियो । घनाबस्तीमा रहेका एपेक्स र सियान नामका टावर भत्काउने कामलाई विश्वकै विरलै घटनामध्ये एक मानिएको छ ।
यी टावर आसपास बस्ने सात हजार मानिसलाई अन्यत्रै सारिएको थियो भने ध्वंश गरेको पाँच घण्टापछि मात्रै उनीहरुलाई घर फर्कन दिइएको हो ।
त्यसैगरी त्यस क्षेत्रका घरपालुवा जनावर तथा अन्य जीव जन्तुलाई पनि निकै टाढा पु¥याएर राखिएको थियो । ध्वंश गर्दा झण्डै एक हजार फिट माथिसम्म धुलोको मुश्लो उडेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय