arin enterprises

भारतले दियो पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १६, शनिबार

एसिया कप क्रिकेटको जारी खेलमा भारतले पाकिस्तानलाई जितका लागि २ सय ६७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमै अलआउट भएको हो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय पारि खेले । 

किशन र पान्ड्याले १४.१ ओभरमा ६६–४ को अवस्थामा पुगेको भारतलाई पाँचौं विकेटका लागि  शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए । किशनले ८१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए ।

जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४/१४ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ११, शुबमन गिलले १० र विराट कोहलीले ४ जोडे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए ।

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ ।

यस्तै पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ । 

Categorized in स्पाेर्ट्स