arin enterprises

भारतद्वारा १० करोड बराबरको राहत सामग्री सहयोग

SamacharDesk | २०८० कार्तिक २०, सोमबार

भारत सरकारले जाजरकोटका भूकम्पका पीडितहरुको सहयोगका लागि १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री पठाएको छ ।

भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।

भारतीय वायुसेनाको विमानले राहत सामग्रीका पहिलो खेप हिजो काठमाडौं ल्याई हस्तान्तरण गरेको थियो ।

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

भारतले दिएका सामग्रीमा प्लास्टिक त्रिपाल  ६२५ थान, स्लिपिङ ब्याग १००० थान, ब्ल्यांकेट १००० थान, टेन्ट ठुलो खालको ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट र औषधि तथा अन्य सामग्री ४८ प्रकारका रहेको थियो ।

राजदुत श्रीवास्तवले भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताउनुभयो ।

Categorized in समाज