arin enterprises

भारतले कोरोना भ्याक्सिन निर्यात रोक्ने

SamacharDesk – बिकाश | २०७७ चैत्र १२, बिहिबार

भारतले हालको लागि अक्सफोर्ड–एस्ट्राजेनेकाबाट विकसित कोरोना भ्याक्सिन निर्यातमा रोक लगाएको छ । भारतीय विदेश मन्त्रालयले भारतमा संक्रमण बढिरहेको अवस्थामा आउने हप्ता भ्याक्सिनको घरेलु माग नै बढ्ने भन्दै निर्यातमा रोक लगाएको बीबीसीले जनाएको छ ।

भारतमा बुधबार मात्रै करीब कोरोनाका ४७ हजार नयाँ संक्रमित भेटिएका थिए भने २ सय ७५ जनाको मृत्यु भएको थियो । भारतमा कोरोना संक्रमणको यो २०२१ को आजसम्मको उच्च संख्या हो ।

मन्त्रालयको सुत्रलाई उद्धृत गर्दै बीबीसले भारतले केही समयको लागि मात्रै यो रोक लगाएको जनाएको छ । भारतको यो निर्णयले कोभ्याक्सको योजना अन्तर्गतका करीब १ सय ९० देशलाई असर गर्नेछ । सबै देशमा कोरोना भ्याक्सिनको सुनिश्चितताको लागि विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभ्याक्स योजना चलिरहेको छ ।

भारतले हालसम्म ७६ देशहरुमा कोरोना भ्याक्सिनको करीब ६ करोड डोज पठाइसकेको छ । यद्यपि यस निर्णयमा अहिलेसम्म भारत सरकार अथवा भ्याक्सिन निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्यूट अफ इन्डियाबाट कुनै आधिकारीक भनाई सार्वजनिक भने भएको छैन ।

कोरोना भ्याक्सिन बनाउने विश्वकै ठुलो कम्पनी सिरमले बेलायत, ब्राजित, साउदी अरब र मोरोक्को जान लागेको भ्याक्सिनको खेपलाई हाललाई रोकेको छ ।

भारतमा गएको जनवरीबाट शुरु भएको भ्याक्सिन अभियानमा हालसम्म ४ करोड ७० लाख जनालाई भ्याक्सिन दिइसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय