arin enterprises

भारतको केरला राज्यमा भीषण पहिरा, ६३ को मृत्यु

SamacharDesk | २०८१ श्रावण १५, मंगलबार

दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

पहिरोमा दर्जनौँ मानिस फसेको बीबीसीले जनाएको छ । केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो।

पहिरोमा परेकाहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ। तर पुलहरू भत्केको र ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको जनाएको छ ।

स्थानीइको भनाइ अनुसार बवायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए। वायनाड पश्चिम घाट पर्वतशृङ्खलामा पर्ने पहाडी जिल्ला हो।

उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ। भीषण पहिरोले केरलाका चार वटा गाउँ प्रभावित भएका छन् । स्थानीयले फरक फरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् ।

अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ । भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय