भारतमा भारी वर्षाले १२ को मृत्यु
SamacharDesk | २०७९ भाद्र ३१, शुक्रबार

भारतमा भारी वर्षाका कारण अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा जनजीवन अस्तव्यस्त भएको छ ।
उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३ बच्चासहित तीन पुरुष र तीन महिला रहेको बताइएको छ । अहिले पनि उत्तर प्रदेशका अधिकांश क्षेत्रमा भारी भैरहेको र यो अझै केही दिन जारी रहने भारतीय मौसम विभागले जनाएको छ ।
यता, उत्तर प्रदेशको उन्नाव क्षेत्रमा पनि भारी वर्षाका कारण कच्ची घरको छत भत्किदा ३ जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय सरकारले घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
भारी वर्षापछि लखनउ क्षेत्रका अधिकाशं विद्यालय बन्द गरिएको छ । उत्तर प्रदेशको अधिकांश क्षेत्रमा विद्युत आपूर्ती पनि बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय