arin enterprises

भारतले ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध हटायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १५, सोमबार

भारतले प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) को फ्रान्चाइज खेल ब्याटलग्राउन्ड मोबाइल इन्डिया गेममाथिको प्रतिबन्ध हटाएको छ ।

भारतले गेममाथि लगाएको यो प्रतिबन्धलाई एक वर्षपछि हटाएको हो । योसँगै बीजीएमआई पुनः गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा फर्किएको छ ।

प्रयोगकर्ताहरूले यो गेम मे २९ अर्थात आजबाट डाउनलोड गर्न सक्नेछन् । आजबाट पुनः उपलब्ध हुने यो गेममा कम्पनीले नयाँ म्याप सहित अन्य केही नयाँ फिचरहरू पनि थप गरेको छ ।

पब्जी गेमको विषयलाई लिएर भारतमा धेरै विवाद भएपछि कम्पनीले भारतलाई मात्र लक्षित गर्दै बीजीएमआई सञ्चालनमा ल्याएको थियो ।

यो खेलले हिंसालाई प्रोत्साहन गरेको भन्दै सुरक्षाको कारण देखाई भारतको केन्द्र सरकारले जुलाई २०२२ मा बीजीएमआईमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसयता बीजीएमआईले सरकारी चासो सम्बोधन गर्दै पुनः बजारमा फर्किने बाचा गर्दै आएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय