arin enterprises

दुई हजारको नोटलाई बजारबाट हटाउदै भारत

SamacharDesk | २०८० जेठ ६, शनिबार

भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ ।

शुक्रबार बैंकले जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको हो ।

देशैभरको कुनैपनि बैंकमा गएर नोटलाई सात्न पाउने सूचनामा उल्लेख छ ।

नोटलाई यहि २३ मे देखि ३० सेप्टेम्बरसम्ममा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गरिसक्नुपर्ने छ ।

एक पटकमा १० वटा दुई हजारको नोट अर्थात २० हजार रुपैयाँ मात्रै साट्न पाइने व्यवस्था गरिएको छ ।

रिजर्भ बैंकले सन् २०१६ मा दुई हजारको नोट जारी गरेको थियो । ८ नोभेम्बर २०१६ को रातिबाट ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाइएपछि दुई हजारको नोट ल्याइएको थियो ।

उक्त नोट सन् २०१८ र १९ छाप्न बन्द गर्दा बजारमा केही समययता दुई हजारको नोटको अभाव देख्न थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको थियो ।

भारतीय रिजर्भ बैंकले अन्य बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय