arin enterprises

आइसिसी विश्वकप फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १, शुक्रबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिका लागि घरेलु टिम भारत र अष्ट्रेलियाबीच भिडन्त हुने भएको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलियाले भारतसँग आगामी आइतबार हुने फाइनलमा भेट पक्का भएको हो ।

बिहीबार दक्षिण अफ्रिकाले दिएको २१३ रनको सामान्य लक्ष्य पुरा गर्न अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अष्ट्रेलियाका लागि ओपनर त्रविस हेडले ६२ रन जोड्दा अर्का ओपनर डेभिड वार्नर २९ रनमा आउट भएका थिए । मार्नस लबुसेन १८ रन र जोश इंग्लिस २८ रनमा आउट भए । पाट कमिंगसले नटआउट १४ रन र मिचेल स्टार्कले नटआउट १६ रन बनाए ।

त्यसअघि कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रनमै अलआउट भयो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए भने यस्तै हेनरिच क्लासेन ४७ रन बनाएर आउट भए ।  गेराल्ड कोत्जीले १९ रन, एडिन माक्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए । दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र पाट कमिन्सले ३–३ विकेट लिए। जोश हजलवुड र त्रविस हेडले २–२ विकेट हात पारे ।

यसअघि भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ९ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो ।

आइसिसी विश्वकप अष्ट्रेलियाले पाँच पटक र भारतले दुई पटक जितेका छन् ।

फाइनल खेल १९ नोभेम्बरको आइतबारको दिन गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

Categorized in स्पाेर्ट्स