arin enterprises

पाकिस्तानमाथी भारतको रोमाञ्चक जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक ६, आइतबार

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा भारतले रोमाञ्चक जित निकालेको छ ।

आज भएको खेलमा  भारतले पाकिस्तानलाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको  हो ।पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्यलाई भारतले निर्धारित २० औं ओभरमाको अन्तिम बलमा मात्र ६ विकेटको  क्षतीमा पुरा गर्‍यो

भारतका लागि विराट कोहलीले सर्वाधिक ८२ रन बनाई अर्धसतकिय पारी खेल्दै अविजित रहे । उनले ५३ बल खर्चेर ४ छक्का र ६ चौका प्रहार गरि उक्त रन बनाएको थियो ।

हार्दिक पाण्ड्याले ३७ बलमा ४० रन बनाउँदा अन्य ब्याटस्म्यान सस्तैमा समेतिए ।

यसै दौरान विराट कोहली तथा हार्दिक पाण्ड्याले १ सय १३ रनको साझेदारी गरेका थिए ।

बलिंग तर्फ पाकिस्तानका लागि हरिस रउफले र मोहम्मद नवाजले समान २/२ विकेट लिँदा नशिम शाहले १ विकेट लिए ।

यो जितसँगै भारत २ अंक सहित समूह दुईको र्शीष स्थानमा रहेको छ । पाकिस्तान भने समुहको पुच्छरमा रहेको छ ।

 

Categorized in स्पाेर्ट्स