भारतीका पूर्व अलराउण्डर दुरानीको निधन
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १९, आइतबार

भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर सलिम दुरानीको निधन भएको छ ।
८८ वर्षीय दुरानीको गुजरातमा निधन भएको हो । उनी क्यान्सरसँग लडिरहेका थिए ।
दुरानी भारतको गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आएका थिए । गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो ।
लेफ्ट ह्याण्ड ब्याट्सम्यान तथा लेफ्ट आर्म स्पिनर दुरानीले भारतका लागि २९ टेस्ट खेलेका थिए । जसमा उनले १२०२ रन जोड्दा ७५ विकेट लिएका छन् ।
उनले भारतका लागि अन्तिम पटक १९७३ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।
सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ ।
अर्जुन पुरस्कार पाएका दुरानीको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा शोक व्यक्त गरेका छन् ।
ट्वीट गर्दै प्रधानमन्त्री मोदीले विश्व क्रिकेटमा भारतको उदयमा महत्वपूर्ण योगदान पुर्याएको क्रिकेटरको निधनमा दुःख लागेको बताएका छन् ।
Salim Durani Ji was a cricketing legend, an institution in himself. He made a key contribution to India’s rise in the world of cricket. On and off the field, he was known for his style. Pained by his demise. Condolences to his family and friends. May his soul rest in peace.
— Narendra Modi (@narendramodi) April 2, 2023
Categorized in स्पाेर्ट्सSalim Durani Ji had a very old and strong association with Gujarat. He played for Saurashtra and Gujarat for a few years. He also made Gujarat his home. I have had the opportunity to interact with him and was deeply impressed by his multifaceted persona. He will surely be missed.
— Narendra Modi (@narendramodi) April 2, 2023
