अवैध रुपमा नेपाली नागरिकता लिने १० भारतीय पक्राउ
SamacharDesk | २०८० बैशाख २४, आइतबार

विभिन्न समयमा विभिन्न स्थानबाट अवैध रुपमा नेपाली नागरिएको लिएको आरोपमा १० भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
उनीहरु काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका थिए । उनीहरुले नेपाली नागरिकता प्राप्त गर्न गलत विवरण पेश गरेर नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका रहेका छन् । उनीहरु काठमाडौं उपत्यकाका शंखमुल, गंगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायत स्थानमा मिठाई पसल सन्चालन गरेर बसिरहेका थिए ।
उनीहरुले सिराहा, रुपन्देही, बारा, पर्सालगायत विभिन्न जिल्लाबाट विभिन्न मितिमा नेपाली नागरिकता लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये ६ जनाले ०६२÷६३ को जनआन्दोलनपछि तराईका जिल्लामा घुम्ति शिविर सन्चालन गरेर वितरण गरिएको बेला लिएको पाइएको छ ।
उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध