arin enterprises

नेपालभाषाको पहिलो वायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” को छायांकन सम्पन्न

SamacharDesk | २०८१ श्रावण १०, बिहिबार

नेपालकी प्रथम महिला धिमे तथा नौ बाजावादक इन्दिरा लाछिमस्यु जीवनमा आधारित बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” को छायांकन सम्पन्न भएको छ।

भक्तपुरको तचपालमा जन्मेका र हाल भक्तपुर नगरपालिका वडा नं ५ निवासी इन्दिरा लाछिमस्युको जीवनमा आधारित सो बायोपिकको अन्तिम छायांकन आइतबार भक्तपुरको टौमढि परिसरमा सम्पन्न भएको हो।

चलचित्र आगामी दशैंमा रिजिल हुने निर्मा०ा पक्षले जनाएको छ । सो बायोपिकमा वरिष्ठ वाद्यवादक लाछिमस्युको जीवनका कथाहरु प्रस्तुत हुनेछ।

सो चलचित्र सुरेन्द्र तुलाधरको निर्देशनमा बनेको छ जसमा इन्दिरा लाछिमस्युको भूमिकामा कलाकार रोजिना सुवाल, उनका श्रीमान किशोर ढुकुछुको भूमिकामा रुपेन श्रेष्ठ, उनका बुबा पंचलाल लाछिमस्युको भूमिकामा राजाराम भाम, आमा कृष्णमाया लाछिमस्युको भूमिकामा नगिना जोशी, गूरूहरुको भूमिकामा देव चन्द्र बज्राचार्य र लक्ष्मी कुमार महर्जन, ससुराको भूमिकामा मदनकृष्ण श्रेष्ठ, सासुआमाको भूमिकामा विजय लक्ष्मी मानन्धर रहेका छन्।

चलचित्रमा लाछिमस्युले धिमे बजाउन गरेको संघर्षका विषयहरु देखाइने छ । लाछिमस्यु आफु ११ वर्षको छँदै नेवार समुदायको मौलिक बाजा धिमे बाजा बजाउन सुरू गरेकी हुन्।

विसं २०५१ साल तिरको समयमा महिलाहरुले बाजा बजाउन त के बाजागाजा छुन समेत पाइन्दैन भन्ने सामाजिक सोच भएको समाजमा लाछिमस्युले धिमे बाजा सिक्न धेरै संघर्ष गर्नुपर्यो।

इन्दिरा लाछिमस्युले नेपाली मौलिक बाजागाजा, विशेषगरी नौबाजा र धिमे बाजाको संरक्षण र सम्वर्द्वनका लागि लागिपरेका छन् उनको जीवन संघर्ष र कथाहरुलाई लिएर बि।के।

फिल्मस्को ब्यानरमा सो बायोपिक प्रदर्शनमा आउन लागेको हो। यस बायोपिकका मुख्य निर्माता गोपाल कृष्ण महर्जन, अर्का निर्माता सुरेन्द्र शाक्य, गोबिन्द महर्जन, सह(निर्माता डा। कृष्ण कुमार श्रेष्ठ, रंजना जोशी, गंगा मानन्धर, संजय शाक्य, उत्तम प्रधान रहेका छन्।

Categorized in पेजथ्री
SKIP THIS buddhan jayanti 2082