arin enterprises

इन्डोनेसियाका जाभा टापुमा शक्तिशाली भुकम्प, ५६ को मृत्यु

SamacharDesk | २०७९ मङ्सिर ५, सोमबार

इन्डोसियाको मुख्य टापु जाभामा शक्तिशाली भुकम्प गएको छ ।

भुकम्पमा परी ५६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको स्थानीइ अधिकारीहरुले बताएका छन् ।

५.८ म्याग्निच्युडको भुकम्पले पश्चिम जाभाको सियानजुर सहर आसपास १० किलोमिटरसम्म धक्का महसुस गरिएको थियो ।

सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा जाभा सहरका भवन तथा सडकहरु पूरै ध्वस्त भएको देखाइएको छ । त्यहाँका अधिकारीहरुले अझ यसको पराकम्पहरु आउन सक्ने भएकोले जाभावासीहरुले सचेत गरेको छ । 

भूकम्प गएको क्षेत्र सघन बसोबास भएको र पहिरोको जोखिममा रहेको, कमजोर घरहरू भएका छन् ।

उद्धारकर्ताहरूले भत्किएका भवनहरूबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् र एक महिला र उनको बच्चालाई बचाउन सफल भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय