arin enterprises

तीर्थयात्रीलाई ट्रकले ठक्कर दिंदा ६ को मृत्यु

SamacharDesk | २०७९ श्रावण ८, आइतबार

भारतमा तीर्थयात्रीहरुको समूहलाई ट्रकले ठक्क दिंदा ६ जनाको मृत्युभएको छ ।

भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिएको हो ।

तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । उत्तर प्रदेशको हाथरस जिल्लामा भएको उक्त घटनामा परी पाँचजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

तीर्थयात्री हरिद्वारबाट ग्वालियरतर्फ गइरहेका थिए । ठक्कर दिने ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको बताइएको छ । कन्वर यात्रा भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो ।

कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि सुरु भएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय