arin enterprises

एसिया कपको उपाधी भारतलाई

SamacharDesk | २०८० भाद्र ३१, आइतबार

यो वर्षको एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ ।

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको ट्रफि उचाल्न सफल भएको हो । फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रनमा अलआउट भयो । श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा श्रीलङ्काका कुशल मेन्डिसले सर्वाधिक १७ र दुसान हेमान्थाले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

श्रीलङ्काको यो एक दिवसीयको दोस्रो कम योगफल हो । यसअघि श्रीलङ्का २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो ।

बलिङमा भारतका मोहम्मद शिराजले सात ओभरमा एक मेनसहित २१ रन खर्चिएर ६ विकेट लिए।

हार्दिक पाण्डेयले तीन तथा पाजस्प्रित बुमराहले एक विकेट लिएपछि श्रीलंकाले ५१ रनको झिनो लक्ष्य दिएका थियो ।

भारतका लागि इशान किशनले २३ र शुभमन गिलले २७ रन बनाएर ५१ रनको लक्ष्य सजिलै पूरा गरेपछि यस वर्षको एसिया कपको उपाधि जित्न सफल भएको हो ।

Categorized in स्पाेर्ट्स