arin enterprises

सामुहिक भावनासहित अस्पताल गुणस्तर अभिवृद्धिमा लाग्न प्रहरी महानिरीक्षकको निर्देशन

SamacharDesk – बिराज | २०८० माघ ११, बिहिबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धिमा लाग्न निर्देशन दिएक छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अस्पतालको गुणस्तर अभिवृद्धिका लागि अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताएका हुन् ।

‘अस्पतालमा आउने सेवाग्राहीहरुलाई भावनात्मक रूपमा महसुस होस् । सबैसँग शिष्ट बोली वचन एवम् व्यवहार तथा सकारात्मक सोचका साथ प्रस्तुत भई गुणस्तरीय सेवा प्रवाह गर्नुहोला’ कुँवरले प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई स्वास्थ्य क्षेत्रमा आएका नबिनतम् प्रविधि र पद्धतिलाई अंगिकार गरी स्वास्थ्य वातावरण तथा बिरामी मैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय