arin enterprises

अल हिलालले इन्ट मियामीलाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १६, मंगलबार

साउदी अरेबियन क्लब अल हिलालले अमेरिकान क्लब इन्टर मियामीलाई हराएको छ । सोमबार भएको क्लब मैत्रीपूर्ण खेलमा अल हिलालले मियामीलाई ४–३ गोलले हराएको हो ।

साउदीको किंगडम एरिनामा भएकोे खेलको १०औं मिनेटमा अलेक्सजेन्डर मित्रोभिचले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । त्यसको तिन मिनेट पछि अब्दुल्ला अल हमदनले गोल गर्दै अग्रता दोब्बर पारे ।

३४ औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि खेल १–२ गोलको नतिजामा आयो । माइकलले ४४ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा अल हिलाल ३–१ले अघि रह्यो ।

दोस्रो हाफमा लियोनल मेस्सीले ५४ औं मिनेमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३–२ को अव्स्थामा ल्याए । यस्तै त्यसको एक मिनेटपछि नै डेविड रुइजले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा आयो ।

८८औं मिनेटमा माल्कोमले अलहिलालको लागि विजयी गोल गरे ।

इन्टर मियामी हाल मैत्रीपूर्ण खेलका लागि साउदी अरेबियामा छ ।

इन्टर मियामीले अब अर्काे मैत्रीपूर्ण खेल रोनाल्डोको टोली अल नासरसँग रहेको छ ।

अल नासर र इन्टर मायामीको खेल फ्रब्रुवरी १ तारिखमा हुनेछ ।

Categorized in स्पाेर्ट्स